मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा भोलीबाट सुरु हुने ‘अछाम साहित्य उत्सव’ को सबै तयारी पुरा

मेल्लेखमा भोलीबाट सुरु हुने ‘अछाम साहित्य उत्सव’ को सबै तयारी पुरा


अछाम । जिल्लाको मेल्लेख गाँउपालिकाको केन्द्र मेल्लेख बजारमा भोली शुक्रबार देखि अछाम साहित्य उत्सव २०८० सुरु हुदैँछ । अछाम गजल मञ्चको आयोजनामा मेल्लेखमा फाुगन १८ र १९ गरि २ दिन सम्म साहित्य उत्सब हुन लागेका मञ्चका अध्यक्ष भिम सरोबरले बताए ।

भाषा, कला, संस्कृति र सम्पदा सरक्षणका लागि भन्ने मुख्य उद्देश्यका साथ अछाम साहित्य उत्सव २०८० को आयोजना गरिएको अध्यक्ष सरोवरले बताए । २ दिन सम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रज्ञा प्रतिष्ठान मुख्य प्रर्बद्धक र सहयोग मेल्लेख गाँउपालिकाको रहेको छ ।

मिडिया पार्टनरको रुपमा सुदूरआज डट्कम, रेडियो जनप्रिय र खप्तड न्यूज रहेका छन् भने बिमा सहयोगीको भुमिकामा नेश्नल लाईफ ईन्स्योरेन्स कम्पनी साँफेबगर रहेको छ । उत्सबको मेललेख गाँउपालिकाका अध्यक्ष ज्वाला सिंह साँउदले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेको मेललेखमा पहिलो पटक यति ठुलो साहित्य कार्यक्रम तथा जमघट हुन लागेकोले सबै सर्जक, सृष्टा तथा साहित्यप्रेमीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको आयोजक अछाम गजल मञ्चका सचिव भुपेन्द्र अथकले बताए ।

विगत डेढ दशकदेखि निरन्तर क्रियाशिल भएर साहित्यको उर्वर भुमि मानिएको अछाम जिल्लामा पछिल्लो समय बिभिन्न साहित्यका कार्यक्रम भईरहेका छन् । उत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

यस्तो छ कार्यक्रम तालिका