मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

#Update ट्याक्टर दुर्घटना : मृतक सबैको परिचय खुल्यो

#Update ट्याक्टर दुर्घटना : मृतक सबैको परिचय खुल्यो


अछामःअछामको मेल्लेख गाउपालिका ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन ।सोमबार बिहान पौने १० बजेतिर मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना हुदाँ मेल्लेख गाउँपालीका १ रिसिदहका ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ बर्षिय रंग धामी,४५ बर्षिय प्रेम धामी,३६ बर्षिय नर बहादुर धामी,२१ बर्षिय जनक धामी र १५ बर्षिय जनक धामी रहेका छन ।यस्तै सोही ठाउका ४२ बर्षिय लाल बहादुर धामी,४० बर्षिय हंस धामी र १५ बर्षिय बालक देबेन्द्र धामी घाईते भएका अछाम प्रहरीले जनाएको छ ।घाईतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उनिहरु सबै कामको खोजीमा अछामको प्रमुख ब्यापारिक केन्द्र साँफेबगर आउदै गरेका थिए ।