मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाल्पाटा सामुदायिक बनको अध्यक्षमा रतन बिसीको प्यानल बिजयी

थाल्पाटा सामुदायिक बनको अध्यक्षमा रतन बिसीको प्यानल बिजयी


अछाम ः जिल्लाको तुर्माखाँद गाँउपालिकामा रहेको थाल्पाटा सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा रतन बहादुर बिसी बिजयी भएका छन् । उनले मोहनचन्द बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा बिजयी भएका हुन् ।
रतन बहादुर बिसीको प्यानल नै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

जसको उपाध्यक्षमा देवसरा टमट्टा, सचिवमा लिलाराज भण्डारी, सहसचिवमा उज्जलसिंह बिसी कोषाध्यक्षमा नानकली रावल रहेका छन् ।

सदस्यहरुमा अमृतादेवी बुढा, कालो सुनार सदस्य, सार्के थापा सदस्य, डिल्लीबुढा सदस्य, बिसे कामी रहेका छन् । उपभोक्ता समुहका लागि सहमती नहुदाँ मतदान भएको निर्वाचन समिति संयोजक रोशन ओडले जानकारी दिए ।

निर्वाचन समितिमा सहायक कर्मचारी ,अर्जुन बहादुर बयक, हस्तराज रेग्मी, चक्र बहादुर खड्का लगाएतको उपस्थित मा निर्वाचन सम्पन्न भएको थियो ।