मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गंगाको उपचारका लागि परिवर्तनशिल युवा क्लव द्वारा आर्थिक सहयोग

गंगाको उपचारका लागि परिवर्तनशिल युवा क्लव द्वारा आर्थिक सहयोग


अछाम : रुखबाट खसेर घाइते भएकी अछामको चौरपाटी गाउँपालिकाकी गंगा देवी साउँदको उपचारका लागि परिवर्तनशिल युवा क्लबले आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर १ मोटेना टोलकी गंगा यही चैत १० गते घास काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका लागि सोही टोलमा गठित परिवर्तनशिल युवा क्लबले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । क्लवका पूर्व अध्यक्ष बुद्धि साउँदले जानकारी दिए । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गंगाका देवर देव साउँदलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो सहयोग हस्तान्तरणका क्रममा जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । साथै क्लवले गंगाको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइरहेको छ । गम्भीर घाइते गंगाको हाल सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

उनको उपचारमा आर्थिक अभाव भएपछि परिवारले देश विदेशमा रहेका सबैलाई सहयोगका लागि अपील गरेका थिए । उनको उपचारका लागि अहिले देश तथा विदेशमा आर्थिक संकलन भइरहेको छ ।

परिवारका अनुसार उनको कम्मरदेखि दुबै खुट्टा नचल्ने मेरुदण्ड ,चाेट लागे पछि डाक्टरले अपरेसन गर्नु गर्ने बताए उपचारका लागि आठ लाख भन्दा बढी लाग्ने बताए उनको अप्रेशन गर्नु पर्ने डाक्टरले सल्लाह दिएका छन् ।

क्लबले विगतमा देखि नै बालविवाह, बहुबिबाह, छाउपडी हिंसा, जातिय भेदभाव अन्त्य लगायका सामाजिक कार्य गर्दै आएको छ । प्रत्येक वर्ष क्लबका युवा वर्ग ले देउसी भैलो खेल्ने र त्यहा बाट आएको पैसा र प्रत्येक महिनाको सय रुपैयाँ बचत बाट सोही गाउँमा रहेको श्री देविस्थान आधारभूत विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभए पछी निजी स्राेतबाट शिक्षक राखिएकाे छ भने उनलाई प्रत्येक महिनाको बाह्र हजारका दरले तलव समेत दिएको सागर साउदले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर कै कारण गंगा देवीका स्वास्थ्य अवस्था झनै नाजुक हुन थालेको छ । गंगालाई सहयोग गर्न चाहनेले गंगाका देवर देव साउँदको प्रभु बैंकमा रहेको खाता नम्बर २७८७०४७१०९४०००१८ मा सहयोग गर्न सक्नेछन् भने ९८६५६१४५७४ नम्बरमा सम्पर्क पनि गर्न सकिनेछ।