मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालको बेडबाट कलम बि.सीको मर्मस्पर्शी स्टाटस : मेरो उपचारमा सहयोग पुर्‍याईदिनुस्

अस्पतालको बेडबाट कलम बि.सीको मर्मस्पर्शी स्टाटस : मेरो उपचारमा सहयोग पुर्‍याईदिनुस्


अछाम : तुर्माखाँद गाउँपालिका वडान.३ स्थायी घर भएका कलम बि. सी क्यान्सरले ग्रसित छन् | उनि आफ्नो उपचारको लागि बि.पी.काेईराला मेमाेरियल क्यान्सर अस्पतालमा चितवनमा उपचारमा छन् ।

बिगत लामाे समय देखि तुर्माखाँद बजार मा भैरव इलेक्ट्रोनिकका संञ्चालक बिसीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उपचारका लागि सहोय्ग गरिदिन भनेर आफ्ना पुराना ग्राहकलाइ आग्रह गरेका छन् |

बिगत चार बर्ष देखि उपचार गराईरहेका बि. सीले उपचार गराउदा बीस लाख भन्दा बढी खर्च भएकाे जानकारी दिएका छन्। सामान्य इलेक्ट्रोनिक पसल चलाएर परिवार गुजरा चलाएका बि.सी मुखकाे क्यान्सरकाे बिरामी भएपछि अहिले आर्थिक जाेहाे गर्न मुस्किल भएको बताए |

उनले भावुक हुँदै “हाम्राे तुर्माखाँद बजारमा रहेकाे भैरब ईलेक्टाेनिक पसल बाट सेवा लिनु भएका भगवान् रुपी ग्राहकहरु र भे.१ त.९५८७ टेक्टरबाट वा अन्य सेवा लिई हामीलाई बुझाउन बाँकी पैसा बुझाई सहयाेग गरिदिन हुन सम्बन्धित ग्रहाकहरूमा बिनम्र अनुराेध गर्दछु भनेर स्टाटस लेखेका छन् ।

पैसा बुझाउन बाँकी साथि भाईहरुले यस्तो बेलामा मानवीय धर्मले भएपनि सहयोग गर्न उनले आग्रह गरेका छन् । उनले आफू बाट लिएका र ट्याक्टर सेवा लिएका ग्राहकहरुलाई बाँकि रहेको रकम बुझाउन समेत आग्रह गरेका छन् |