मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिको भुलुमा सामाजिक सुरक्षा भत्ता बितरण

तुर्माखाँद गाउँपालिको भुलुमा सामाजिक सुरक्षा भत्ता बितरण


अछाम : तुर्माखाँद गाउँपालिका वडा न. २ भुलुमा सामाजिक सुरक्षा भत्ता बितरण सम्पन्न भएकाे छ | तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि. सीले गाउँपालिकाले नविल बैंककाे सहकार्यमा कर्मचारी मार्फत सामाजिक सुरक्षा भत्ता बितरण भएको हो ।

गाउँपालिका बाट दुरीका हिसाबले पाँच देखि छ घण्टा लाग्ने भएकाले बृद्ध, बुद्धाहरु साेहि स्थान मा आउन नस्क्ने भएकाले सहताका हिसाबले गाउँपालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरेकाे अध्यक्ष बिसीले बताए ।

महिला तथा जेष्ठ नागरिक ले १ सय ७ जना र बालबालिका १ सय ४८ गरि जम्मा २५५ जनाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट लिएका छन ।

उक्त सामाजिक सुरक्षा भत्त बितरणमा गाउँपालिका अध्यक्ष डम्बर बि. सी, २ न. वडा अध्यक्ष नरेन्द्र शाही, नि. प्रमुख प्रशासकिय अधिकृत चक्रदेव भट्ट, पन्जिकरण शाखा प्रमुख तपेन्द्र प्रसाद न्याैपाने, नबिल बैंकका शाखा प्रमुख गणेश बहादुर धामी, प्रहरी चाैकि तुर्माखाँद, प्रहरी चाैकि रहफ सुरक्षा निकायहरुकाे उपस्थित रहेकाे थियाे |

बाकि छुटेका सेवाग्राहीलाई आवश्यकत्ता अनुसार फेरि पनि सोहि ठाउमा गएर बितरण गर्ने नविल बैक तुर्माखाँद शाखाले समेत जानकारी दिएको छ | तुर्माखाँदकाे भित्र ८ वटा वडा रहेकाे गाउँपालिका दुरीका हिसाबले धेरै टाढा आवतजावत गर्ने धेरै खर्च लाग्ने र बृद्ध बृद्धा हरु हिडडुल गर्न नसक्ने भएकाले १ न. वडा रहफ र २ न. वडा भुलुमा वडामै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरेकाे अध्यक्ष  बि. सीले बताए ।