मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द

खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द

विद्यार्थी हरू डुङ्गा चढेर घर फर्किए


अछाम: कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको छ।

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुडिँदा पुलमा अड्किएका खच्चडको उद्धारका लागि सुरक्षाकर्मी पुगेका थिए।

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

अछाम प्रहरी प्रमुख सन्तोष पाठकका अनुसार पुलको एकतर्फको लठ्ठा चुडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ।

आवतजावत बन्द हुँदा बिहान दैलेखबाट अछाम आएका करिब ४०/५० विद्यार्थीलाई घर फर्किन समस्या भएको छ।

बिहान पुल चुडिँनु भन्दा पहिले विद्यालय पुगेका बालबालिका अहिले पुल बाट आवतजावत बन्द भएपछि नदि माथि डुङ्गा चढेर जाेखिमयुक्त यात्रा गर्नु परेको हाे ।

दैलेखको आठबिस नगरपालिका ४ खिड्की ज्युला र ५ पिपलकोटका विद्यार्थी अछामको चिल्तडामा रहेको चण्डिका माध्यामिक विद्यालयमा पढ्छन्।