अछाम ः बयालपाटा प्रादेशिक अस्पताल अछामको एक कार्यक्रमका बिच औपचारिक उद्घाटन भएको छ । शुक्रबार सुदूर पश्चिम प्रदेश सरकारका माननिय मुख्य मन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन् ।
यसअघि न्याय हेल्थ नेपालको व्यवस्थापनमा विगत १७ बर्ष देखि सञ्चालनमा रहेको बयालपाटा अस्पतालका बिषयमा संस्था र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय बिच २०८२ असार २२ गते द्धिपक्षिय सम्झौता भई अस्पताल प्रदेश सरकार मातहत आएको थियो । भाद्र १ गते देखि बयालपाटा प्रादेशिक अस्पताल नामाकरण भई सामाजिक विकास मन्त्रालय मातहत सञ्चालनमा आएको थियो ।
उद्घाटन कार्यक्रममा पूर्व उपप्रधान गृह एवंम रक्षा मन्त्री डा. भीम बहादुर रावल, प्रतिनिधी सभा सदस्य भरत कुमार स्वाँर, सामाजिक विकास मन्त्री मेघराज खड्का, स्थानिय तहका जनप्रतिनिधी, सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी, अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा. जगदिश जोशी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झपट ढुंगाना, न्याय हेल्थ नेपालका कार्यकारीणी सदस्य डा. भास्कर राज पन्त, हाप्सा नेपालका संस्थापक डा। रामु खरेल, पार्टी प्रतिनिधी, सञ्चारकर्मी लगायतका महानुभावहरको सहभागिता रहेको थियो ।
























प्रतिक्रिया