मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जेसीजद्वारा मंगलसेन बजारबाट ८५ हजार ९ सय रुपैयाँ राहत संकलन

अछाम जेसीजद्वारा मंगलसेन बजारबाट ८५ हजार ९ सय रुपैयाँ राहत संकलन


अछाम । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि अछामबाट पनि सहयोग जुट्न थालेको छ ।

यसैक्रममा अछाम जेसीजले राहत संकलन अभियान सुरु गरेको छ । अभियानअन्तर्गत अछाम जेसीजले मंगलबार पहिलो दिन मंगलसेन बजार क्षेत्रमा राहत रकम संकलन गरेको हो ।

पहिलो दिन मात्रै ८५ हजार ९ सय रुपैयाँ संकलन भएको अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी झनक अधिकारीले जानकारी दिनुभयो । मंगलसेन बजारका व्यापारी तथा स्थानीय नागरिकले खुला हृदयका साथ राहत रकम सहयोग गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

अपेक्षा गरेभन्दा उत्साहजनक रूपमा रकम संकलन भएको भन्दै उहाँले अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्नुभयो । अभियानलाई थप विस्तार गर्दै बुधबार कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा समेत राहत रकम संकलन गरिने अछाम जेसीजका कोषाध्यक्ष कमल कुमार रावलले जानकारी दिनुभयो ।

संकलित राहत रकम पारदर्शी रूपमा सरकारको आधिकारिक राहत कोषमा जम्मा गरिने कोषाध्यक्ष रावलले बताउनुभयो । राहात संकलन कार्यक्रममा अछाम जेसीजका पुर्व अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।