अछाम : जिल्लाको चौरापाटी गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायीक विद्यालयसँग करार सम्झौता सुरु गरेको छ । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि प्रधानाध्यापकसँग कार्यसम्पादन सुधारको लागि करार सम्झौता गर्न लागेको हो । शैक्षिक सुधारको लागि सामुदायीक विद्यालयका प्रधानाध्यापकसँग ४२ वुद्धा राखेर करार सम्झौता सुरु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामचन्द्र जोशीले जानकरी दिए…