अछाम : जलवायु परिवर्तनका कारण पछिल्लो समय वातावरण प्रतिकूल हुँदै गएको छ । हिजो आज पानी पर्ने समय र तरिका फेरिएको छ । हालका दिनमा विश्व जलवायु परिवर्तनले मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिम पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम…