मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दाग भएरै त चाँंद सुन्दर भएको हो’

‘दाग भएरै त चाँंद सुन्दर भएको हो’


  • सुमन स्मारिका

यो होइन कि उसले घात गरेको हो
मित्रले बस् साबधान गर्न खोजेको हो

कालो भनेर नाक खुम्च्याछौ तिमी ?
दाग भएरै त चाँंद सुन्दर भएको हो

आज दोबाटोमा लाबारिस फालेको पाएँ
धेरै अघि कसैले मेरो दिल लगेको हो

संसार हेर्नू पहिले धर्ती छाम्नु पहिले
घामले मेरो देशमा आँखा खोलेको हो

तिमीलाई अरु कसैले नहेरोस् भनेर
शायद यो दुनियाँमा ऎना बनेको हो

कैलाली