मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेती लाईजा, उँमा खाईजा, तोरी कोल पेलीजा

खेती लाईजा, उँमा खाईजा, तोरी कोल पेलीजा


  • हिम विश्वकर्मा

राजहंस भएर आईजा, सरोबर शान्त छ ।
बसन्ती पुष्पदल खेल्छन, बडो एकान्त छ ।।

हृदय स्पर्श गरी, आकाश बयाल्लिन्छ ।
मन्द मन्द वायु चल्छ, मन झन रयाल्लिन्छ ।।

फागु बाईग्, विसु आइग्, वैशाख् वेली चढी ।
जलकमल चढ्याको जोवन, बाईजा दो भ खडी ।।

खेती लाईजा, उँमा खाईजा, तोरीकोल पेलीजा ।
चिउडी समाई माया लाईजा, हृदय खेलीजा ।।

रैवार पायाँ, उत्तर पठा, मेरो खबरको ।
बाटो हेरी बस्याकी छु, साप्याबगरको ।।

धन्यवाद !
मिति २०७७ वैशाख ०५ गते ।