मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रेम’

‘प्रेम’


  • अमरदीप शर्मा

मित्र आउ नियालौ प्रेमका बिम्ब
हेर्न त पाउछु है, कतै छन्की तिमि सङ्ग
शब्द होईन मित्र, स्वभाविक तरङ्ग हो भन्छन
मेरा सहोदर देखी बहादुरहरु त्यै गन्छन
आउ खोजौ प्रेमका बिम्ब !

म भन्छु है, तिमिलाई मैले देखेको
तिमि भन्नु है, तिमिले नचाहदै लेखेको
तिमिले लेखे सरि भन्छु है त
प्रेम दिवशको प्रसङ्ग आज खै त
उ प्रेमको नाममा रोग हटाउछ रे,
उस्ले स्वर्ग दुत पनि खटाउछ रे,
हामि कति टाढा रहेछौ है प्रेम सङ्ग
आउ नियालौ त्यै प्रेमका बिम्ब !!

मित्र ! पुकार्ने मन मेरो, प्रेमपुर्ण नहुन सक्छ
मेरो भावनाको भाषा, तिमिलाई नछुन सक्छ
वनमा त गुराँस फुलेकै छ नसोधी,
महाभारत पनि त घट्यो कसैले नरोजी,
हो ! प्रेम त्यो लडाईमा पनि त छ,
भन त्यो प्रेमले कुन चिजको खरानी घश्छ !!!

मित्र ! आउने र बहलाउने यो रितु
भन्न चाहे मैले हामी मिलेर जितु
सामिप्यता त छैन लडाई लड्दै गर
दुख नमान: जिवन हुन्छ प्रेम कै भर
त्यसैले मित्र खोजौ प्रेमका बिम्ब
भौतिकता नरहन सक्छ सधै तिमि सङ्ग !!!

अछाम