मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामी भावुक गीतः बम्बईको पत्र

अछामी भावुक गीतः बम्बईको पत्र


रासन छैन, ग्यास सक्किग, याँ बजार बन्दछ

  • हिम विश्वकर्मा

ए कली मनकी हिरा, रोली, छै कि खोली ।
रिचार्ज नाई, फोन बन्दछ, चिन्ता छ आज भोली ।।

रासन छैन, ग्यास सक्किग, याँ बजार बन्दछ ।
सेठ फोन गद्दो घडीघडी, गाउँबाइजा भन्दछ ।।

सेठ आउँदैन, बैंक बन्दछ, गोजी सुकी छैन ।
कसैलाई ऋण मागु भन्या, काई जान पाईदैन ।।

काम छैन, दाम पनि छैन, हृदय राम छैन ।
राजदूतावास फोन गद्दा छु, त्या त फाेन उठदैन ।।

हाम्रो कुरा कोई सुन्दैन, सरकार निरह छ ।
हर्ष, खुशी हराई सक्यो, मनमा विरह छ ।।

चादैन बम्बईको सुख, आफ्नै पराया छन ।
चुनावमा घर् आ भन्न्या, कता हराया छन ।।

यसा दुख्ख कैकी नहुन, परदेशीका जूनी ।
क्याहरु, कैतीर पसु, एैं अर्काका भूमी ।।

एक चिन्ता पापीपेट मान्दो, अर्को चिन्ता घर ।
सबै तीर शोकाकुल छ, यै बम्बई शहर ।।

महामारी चपेटामा, धेरै पड्याका छन ।
कयौंको उपचार जारी, सयौं म¥याका छन ।।

त्याँ चिन्ता नगरै मेरो, परानीलाई झु¥याई ।
जे होला तक्दीरको कुरा, बस्नु है होस पु¥याई ।।

बाटो खुल्या, पर्सी हिड्छु, परानी ठिक भयाँ ।
अब बम्बई आउन्या छैन, मुख थी भिट भयाँ ।।

नौलागढी, कर्परनाउली, मास्र्या पनालीको ।
आजभोली हालखबर क्या छ, मेरा जनालीको ?

न हत्तारेई, सोक चिन्ताले, मन शान्ति लिनु ।
वरीगाउँ परीगाउँ सब्लाई, सम्झना भन्नदिनु ।।

हिम विश्वकर्मा,
मिति २०७७ वैशाख ५ गते