मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिमि छैनौँ भएर यो जवानी के गर्नु ?

तिमि छैनौँ भएर यो जवानी के गर्नु ?


  • सुमन स्मारिका

घरी घरी लाग्ने गर्छ, जिन्दगानी के गर्नु ।
तिमि छैनौँ भएर यो जवानी के गर्नु ?

न खान दिन्छ, न भोक मेटाउछ पेटको ?
छन त छ उसको पनि राहदानी के गर्नु ।।

पोखिन देउ बगरले प्यास त मेट्ला थोरै ।
राखेर आँखामा यति धेरै पानी के गर्नु ।।

गर्न त गरिन्छ नि रोज दुखको कारोबार ।
हुदैँन अलिकति पनि आम्दानी के गर्नु ?

संका पनि सहि ठाँउमा गर्नुपर्छ साहेब ।
फाईदा नहुने ठाँउमा गरेर लगानी के गर्नु ।।

सुमन स्मारिका
कैलाली