मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिमी भएरै हो ‘आमा’ घर उज्यालो लाग्ने

तिमी भएरै हो ‘आमा’ घर उज्यालो लाग्ने


एक्लै हुँदा त घाम, जुन पनि कालो लाग्ने
तिमी भएरै हो आमा घर उज्यालो लाग्ने

आमा ! माया ममताको देश हौं लाग्छ तिमी
देशको माटो पनि हो तिम्रै अंगालो लाग्ने

भगवान देख्दा म कैयौं पल्ट झुक्किएको छु
किन हो आमा ? बाघ जस्तै बिरालो लाग्ने

आमाको काखमा एकसाथ झुम्मिन्छौं हामी
भगवानको दर्शन गर्न हो, पालै पालो लाग्ने

© कमल संघर्ष