मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन


काठमाडौं- रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ।

८४ वर्षीय रानुदेवीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति निधन भएको हो ।

उनको राति नै अन्त्येष्टि गरिएको छ। सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

२०६३ सालमा उनका बारेमा ५६ वर्षपछि… नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको उनका आफन्तले जनाएका छन् ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।