मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सभ्यता’

‘सभ्यता’


  • अमरदीप शर्मा

तिम्रा बाद र तन्त्र पनि भाईरस नै हुन
नाम बदलिएको छैन तर रुप बदलिएकै छ,
उदाउनेलाई अस्ताएर घमन्ड्को धुप सल्बलिएकै छ,
त्यसैले ति सब भाईरस नै हुन ।

मेरो समाजमा माइग्रेन हटाउन
भोको पेट बटारिदा आन्द्रा फुकाउन
छिट्टो र गनु हानीन्छ अझै पनि
सायद तिमिलाई कमाउनु थियो
मानव रहित अर्थ र तन्त्र जमाउनु थियो !

बनायौ औषधि चढायौ ग्लुकोज
सुगर नामको रोग बनेन तिमिलाई बोझ
अनुकुलता भन्ने शब्द तिम्रै विज्ञानको हो
आज चिन्ता र चासो आफ्नोको ज्यानको भो!

खै के भनौ , सभ्यता हरायौ कुन रङ्गमा
अनेकौ प्रश्न जन्मिए तिम्रो शालिन ढङ्गमा
आज वन्यजन्तुबाट भाईरस आउछरे
कुनै स्टेजले कोरोना गित गाउछ रे
अप्रिय शब्द बोल्न बाध्य छु आज है
बाद र तन्त्र तिमि सभ्यताका लाज झै !!

साँफेबगर, अछाम ।