सरकारले संक्रमण सम्भावना धेरै भएका डोटी, अछाम र जुम्लामा कोरोना भाइरस कोभिड १९ परीक्षणको दायरा बढाउने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यी जिल्लामा संक्रमणको सम्भावना धेरै भएको ठहर गर्दै परीक्षणलाई सघन रूपमा अघि बढाउने निर्णय गरेको हो। यी जिल्लामा पनि सरकारले र्यापिड टेस्टिङ किटबाटै परीक्षण गर्ने तयारी गरेको…