अछाम : पञ्चदेवल विनायक नगरपालिकामा ४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा १ जना पुरुष र ३ जना महिला गरी जम्मा ४ जनाले आत्महत्या गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीमा तथ्याङ्क प्रस्तुत गर्दै नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जनक बुढाले नगरपालिका भरी ४ जनाले आत्महत्या गरेको बताए…