कैलालीमा विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) सँग लड्ने शक्ति मिलोस भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले भगवानसँग प्रार्थना गरेका छन्। कैलालीको लम्कीचुहा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोनासँग लड्ने शक्ति माग्दै मन्दिरमा प्रार्थना गरेको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ। नेपालका कान्छा अभियान्ता केपी खनालले चिकित्सक तथा स्वास्थ्यकर्मीले मन्दिरमा दर्शन गरेको फोटो फेसबुक मार्फत…