बैतडीः बैतडीमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ। बिहीवार स्वास्थ्यकर्मीको टोलीले जिल्लाका विभिन्न स्थानबाट स्वाब संकलनगरी परिक्षणका लागि काठमाण्डौ लगेका छन्। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पञ्चेश्वरको कुलाउँबाट ८२ जनाको नमूना संकलन गरिएको छ। त्यस्तै शिवनाथ गाउँपालिकाका १२, मेलौली नगरपालिकाका ४ जनाकोगरी ८२ जनाको पञ्चेश्वरमा स्वाब संकलन गरिएको हो।…