काठमाडौँ - सरकारले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुँदैछ। संसदबाट पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको…