२२ चैत, धनगढी । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको पाइएको छ । स्थानीय संक्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो संक्रमितका आफन्त हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षका पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो । त्यसको भोलिपल्ट…