काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइकाे काम भइरहेको र क्रमशः पहाडी,…