मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुदैँ

अछाममा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुदैँ


अछाम : अछाम जिल्लामा नाँक, कान र घाँटी सम्बन्धी निशुल्क शल्यक्रिया शिबिर हुने भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा चैत्र २२ देखि २४ गते सम्म शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य निर्देशनायल डोटीको आयोजनामा नाँक, कान र घाटी सम्बन्धीका बिरामीहरुको निशुल्क शल्यक्रिया गर्न शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।

जिल्लामा सो सम्बन्धी समस्या भएका नागरिकलाई बयालपाटा अस्पतालमा गएर सेवा दिन अधिकृत ढुंगानाले आग्रह गरेका छन् ।
स्क्रिनिगं शिबिरबाट प्रेषण गरिएका बिरामीको संख्याको आधारमा शिबिरको समावधी थप हुने सक्ने उनले बताए ।

शिबिरको लागि सबै तयारी भईरहेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठले बताए ।