मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फिट एन्ड फाइन’ रहन गर्नुपर्ने सामान्य ९ कुरा

‘फिट एन्ड फाइन’ रहन गर्नुपर्ने सामान्य ९ कुरा


स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन। केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ।

थोरै–थोरै खाइरहने
तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन।

बिस्तारै–बिस्तारै खाने
स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ। छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न।

निद्रा पुर्‍याउने
केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन्। अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ। तनावसँग सम्बन्धित हार्माेनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ। यसले तपाईंको तौल बढ्न सक्छ।

धूम्रपान र अल्कोहलबाट टाढै बस्ने
फिट रहन चाहनुहुन्छ भने धूम्रपान र मदिरापानबाट टाढा रहनुहोला। अत्यधिक रक्सी सेवनले शरीरमा विभिन्न रोग निम्त्याउँछ। धूम्रपानले शरीरका महत्वपूर्ण अंगमा गम्भीर रोग गराउनेदेखि क्यान्सर समेत गराउन सक्छ। 

बाहिर नखाने
बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। घरको खाना ताजा र स्वास्थ्यवद्र्धक हुन्छ। बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ।

शाकाहारी खाना धेरै खाने
मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछन्। हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन्।

सही मात्रामा खाना खाने
खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ। सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ।

स–साना काम गर्ने
शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ। यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन्। सरसफाइ, फूलबारीमा गोडमेल आदि पनि राम्रा शारीरिक अभ्यास हुन्।

शरीरलाई सक्रिय राख्न व्यायाम तथा हिँड्डुल गर्ने
खानपिनमा ध्यान दिए पनि तपाईं निष्क्रिय हुनुहुन्छ भने पनि शरीरमा रोग तथा समस्या आउन सक्छ। त्यसकारण शरीरलाई सक्रिय राख्न जरुरी हुन्छ। यसका लागि तपाईंले व्यायाम गर्न सक्नुहुन्छ। नियमित व्यायाम गर्न नसके पनि तपाईं दैनिक हिँडेर भए पनि स्वस्थ रहनु हुन्छ। दैनिक करिब ४ किलोमिटर भन्दा बढी हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ।