मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजदेखि, ३४ हजार सहभागी हुँदै

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजदेखि, ३४ हजार सहभागी हुँदै


काठमाडौं- चिकित्सा शिक्षा आयोगले आजदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा लिने भएको छ। परीक्षा आाज, आइतबार र सोमबार हुने छ। 

स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरू सहभागी हुने भएका छन्।

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

काठमाडौं उपत्यकामा मात्र संचालन हुने परीक्षामा १११ परीक्षा  केन्द्र निर्धारण गरिएको छ। आयोगले परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न सबैमा अनुरोध गरेको छ।