मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालापाटा अस्पतालमा सम्पन्न निशुल्क शिबिरमा ३७ जनाको शल्यक्रिया, ४ सय १९ जनाले सेवा पाए

बयालापाटा अस्पतालमा सम्पन्न निशुल्क शिबिरमा ३७ जनाको शल्यक्रिया, ४ सय १९ जनाले सेवा पाए


अछाम । बयालपाटा अस्पतालमा जारी निशुल्क नाँक, कान र घाँटी सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा ४ सय १९ जनाले सेवा पाएका छन् ।

शिबिरमा ३७ जनाको शल्यक्रिया भएको छ भने ४६ जनाको प्रयोगशाला परिक्षण समेत भएको छ । शिबिरको पहिलो दिन २ जना, दोश्रो दिन ८ जना, तेश्रो दिन १४ जना र अन्तिम दिन आज १३ जनाको शल्यक्रिया भएको शिबिरका व्यावस्थापक गोकर्ण शाहीले सुदूरआजलाई बताए ।

शल्यक्रियाका लागि नेपालगंज मेडिकल कलेजका प्राध्यापक डा. ढुण्डीराज पौडेलको नेतृत्वमा ५ जनाको टोली अछामा आएको थियो । पौडेल संगै नाँक, कान, घाँटी रोग बिशेषज्ञ डा. कुमार श्रेष्ठ, आवाशिय चिकित्सक डा. प्रजोल शर्मा, डा. सुनिल यादब, डा. ऋतुराज खुश्बुवा रहेका थिए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय दिपायल डोटीको आयोजना तथा नेपालगंज मेडिकल कलेजको प्राबिधिक सहयोगमा चैत्र २२ देखि शिबिर सुरु भएको थियो ।

शिबिर संचालन गर्न स्वास्थ्य कार्यालय अछाम र बयालपाटा असपतालको समन्वय रहेको थियो ।