मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा र सरकार निकट मात्रै राहतको प्राथमिकतामा परे : नैनसिंह महर

नेकपा र सरकार निकट मात्रै राहतको प्राथमिकतामा परे : नैनसिंह महर


नेविसंघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना संकटका बेला एक द्वारप्रणालीका नाममा नेकपा र सरकार निकट व्यक्तीहरु मात्रै राहतको प्राथमिकतामा परेको भन्दैं आपत्ती जनाएका छन् ।

लाखौं विद्यार्थी घरबाहिर डेरा गरि वसेका तर सरकारी राहत नपाएर बिचल्लीमा परेकन बताउदैं नेता महरले सरकार किन गम्भीर नबनेको भन्दैं प्रश्न गरेका छन् ।

“किर्तिपुर नगर प्रमुखको भनाई अनुसार विद्यार्थी, न्युन आय भएका जनता वा जोसुकै लाई पनि राहत दिनका लागी त्यसै नगरको भोटर हुनु पर्छ । “यस्तै हालत प्रायः स्थानीय तहमा छ । लाखौं विद्यार्थी अहिले घर वाहीर डेरा गरि वसेका तर सरकारी राहत न पाएर बिचल्लीमा परेका छन ।, नेता महरले आपत्ती जनाउदैं भने, सरकारी अधिकारी लाई पटक पटक भन्दा पनि गम्भीरता पुर्वक लिएको अवस्था छैन । एकातर्फ एक द्वार प्रणालीका नाममा नेकपा र सरकारी मानिसलाई मात्र राहत जान दिएको अवस्था छ भने अर्कोतर्फ बिशेष गरि बिद्यार्थी वर्ग भोक भोकै वस्न वाध्य छन् ।”?

उनले विद्यार्थीको परिचय पत्रका आधारमा राहत पाउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् । यो अप्ठ्यारो घडीमा सरकारको जिम्मेवार अभिभावकत्व आवश्यक रहेको नेता महरको भनाई छ ।