मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बेमौसमी बाजा नबजाऔं’

‘बेमौसमी बाजा नबजाऔं’


‘अहिले संसारकै पहिलो प्राथमिकता कोरोनामाथि विजय पाउनु हो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । 

सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै कांग्रेसले बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएको हो । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार माध्यमहरूबाट सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मिनी माइक्रो ब्लगिङ साइट ट्विट गरेर अहिलेको प्राथमिकता कोरोनामाथि विजय हासिल गर्नु भएको स्मरण गराएका छन् ।

उनले लेखेका छन्, “बेमौसमी बाजा नबजाऔं । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल ।”

राजनीतिक दलसम्बन्धी ऐन– २०७३ मा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान छ । तर, सरकारले यसलाई फेरेर पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए हुने व्यवस्था गर्न लागेको छ ।- baarahkhari