मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५१ औँ स्थापना दिवसको अवसरमा नेविसंघ अछामले गर्यो रक्तदान

५१ औँ स्थापना दिवसको अवसरमा नेविसंघ अछामले गर्यो रक्तदान


बयालपाटा अस्पतालमा १० प्वाइन्ट जम्मा

अछाम – नेविसंघको ५१ औ स्थपना दिवसको अबसरमा नेविसंघ अछामले आईतबार बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम गरेको छ ।

नेविसंघ अछामका जिल्ला सदस्य एवं त्रिपुरा सुन्दरी क्याम्पसका स्वबियू सभापति भीम कुवरको उपस्थितिमा नेविसंघ अछामले १० प्वाइन्ट रक्तदान गरेको छ ।

रक्तदान गर्नेहरुमा भीम कुवर, उमेश कुवर, जनक उपाध्यया, वीमल कुवर, गौतम कुवर, दशरथ कुवर, रित्तेस कुमार, अशोक कुवर, सागर कुवर र ज्ञानेन्द्र कुवर रहेका नेविसंघका अछामका नेता सिटिईभिटीका उपाध्यक्ष उमेश कुवरले जानकारी दिएका छन ।

रक्तदान कार्यक्रममा बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनले कोरोनाका कारण देश लकडाउनमा भएका बेला अस्पतालमा रगतको ठुलो अभाव भएका बेला नेविसंघले रचनात्मक काम गरी रक्तदान गरेकोमा प्रशंसा व्यक्त गर्नुभएको थियो ।

कोरोना भाईरसको महामारीले देश ठप्प भएको बेला अस्पतालमा रगतको अभावमा कुनैपनि विरामीले ज्यान गुमाउन नपरोस भनी नेविसंघले लकडाउनका बेला पनि रक्तदान कार्यक्रम गरेको उमेश कुवरले बताए ।

नेविसंघ अछामले हिजो मात्रै जिल्लाका विभिन्न स्थानिय तहमा रआर्थिक सहयोग र खाद्यान्न समेत वितरण गरेको थियो ।