मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको पाङ्ग्रा फुकाल्न अध्यादेश ल्याइयो : कांग्रेस

संविधानको पाङ्ग्रा फुकाल्न अध्यादेश ल्याइयो : कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले संविधानको आधारभूत मान्यता विपरीत दुईवटा विधेयक ल्याएको बताएका छन् ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय गरेको छ ।

यी अध्यादेशले संविधानको आधारभूत जगमै प्रहार गरेको डा. रिजाल बताउँछन् । उनी भन्छन्, ‘यसरी एकपछि अर्को पाङ्ग्रा खुस्काउँदै जाने हो भने कसरी गुड्छ संविधानको रथ ?’

‘यी दुवै अध्यादेश संंविधानको आधारभूत मान्यता विपरीत छन्’ डा. रिजाल भन्छन्, ‘नेपालका लागि धेरै दुःख गरेकामध्ये एक नेता प्रधानमन्त्री भएका बेला लोकतन्त्रलाई सकस पुर्‍याउने यस्तो अध्यादेश आउला भन्ने कल्पना पनि गरेका थिएनौँ ।’

संवैधानिक परिषद्मा विपक्षीको सहमतिविना निर्णय गर्नका लागि यस्तो अध्यादेश ल्याइएको उनको भनाइ छ । उनी सरकारको यो निर्णयले राहतको प्रतिक्षामा रहेका जनतालाई आहत तुल्याएको बताउँछन् ।