मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना प्रभावः श्रम स्वीकृति रोकियो, फिल्म हलमा नजान अपिल, यस्ता छन सरकारका १९ निर्णय

कोरोना प्रभावः श्रम स्वीकृति रोकियो, फिल्म हलमा नजान अपिल, यस्ता छन सरकारका १९ निर्णय


३० फागुन, काठमाडाैँ । सरकारले कोरोनाको संक्रमणबाट जोगिनका निम्ति विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृत रोक्ने देखि नागरिकलाइ फिल्म हेर्न नजानु भन्नेसम्मको निर्देशन दिने निर्णय लिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको हो । त्यस्तै बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ । यस्तै बैठकले फिल्म हल, सभा सम्मलेन लगायतका नाममा धेरै मान्छे जम्मा हुने भिडभाडमा नजान निर्देशन समेत दिएको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तै प्रकारका १९ वटा निर्णय लिएको छ । सबै निर्णय तल पढ्न सक्नुहुन्छ । – दैनिकीबाट