मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामका सभापती शाहद्धारा केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा

कांग्रेस अछामका सभापती शाहद्धारा केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा


अछाम : नेपाली कांग्रेस अछामका सभापती तथा निर्वतमान सांसद पुष्प बहादुर शाहले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिनुभएको छ । पिछडिएको क्षेत्र कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएको शाहले बताउनु भयो । १२ औँ र १४ औँ जिल्ला अधिबेशनबाट अछाम कांग्रेसको सभापती भईसकेका शाहले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका हुन् ।

स्वच्छ छवि, निष्ठावान, ईमान्दारिता र परिपक्क नेताको रुपमा परिचित शाहले जिल्लामा कांग्रेसको नेतृत्व गर्दा पार्टी संगठनलाई बलियो बनाएको र आफैले आम निर्वाचन जितेको अनुभव छ । अछाम र सुदूरपश्चिम जनताका माझ भिजेका नेता शाहलाई यसपटक केन्द्रीय सदस्यमा सबैको सहयोगका साथ चुनाव जित्न सहज हुने एक नेताले बताए ।

को हुन् शाह

२०३८ सालमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघबाट राजनिति यात्रा सुरु गरेका नेता पुष्प बहादुर शाह नेपाली कांग्रेस अछामका सभापती, महासमिति सदस्य तथा निवर्तमान प्रतिनिधी सभा सदस्य हुन् । नेपाल ल क्याम्पसमा पढ्दै गर्दा जनमत संग्रहमा समेत सक्रिय रहेका नेता शाहले कञ्चन्पुर जिल्लामा पनि नेबिसंघमा आवद्ध रहेर बहुदलका पक्षमा काम गरे ।

कानुनका बिद्यार्थी शाह आफ्नो पढाई सकेर काठमाण्डौँ बाट २०४० सालमा अछाम जिल्ला फर्के पछि राजनिति संगै आंशिक रुपमा कानुन व्यावसायीका रुपमा जिल्ला अदालत अछाममा समेत काम गरे । त्यसबेला शाह जिल्ला बार ईकाईको दुई कार्यकाल अध्यक्ष समेत बने ।

२०४६ सालको जनआन्दोलन देखि निरन्तर रुपमा जिल्लामै बसेर पार्टीमा सक्रिय भएर काम गरेका नेता शाह २०४८ सालमा जिल्ला कार्य समिती सदस्य पदमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्षमा मनोनित गर्यो । उनले २०५३ मा महाधिबेशन प्रतिनिधी र २०५१ मा जिल्ला सचिव भएर काम गरे ।

त्यसयता निरन्तर रुपमा महाधिबेशन प्रतिनिधी र महासमिती सदस्यमा निर्वाचित हुदैँ आएका नेता शाह नेपाली कांग्रेसको १२ औँ महाधिबेशनबाट २०६७ सालमा कांग्रेस अछामको सभापतीमा निर्वाचित भए । १४ औँ जिल्ला महाधिबेशन अन्र्तगत ७ औँ जिल्ला अधिबेशनमा शाह पुन दोश्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए ।

राजनितिमा रहदाँ शाहले गरेका काम ।

पहिलो पटक सभापती निर्वाचित भएपछि पार्टीको संगठन निर्माणको पक्षलाई पहिलो प्राथमिक्तामा राखेर उनले काम गरे । तत्कालिन समयमा स्थानिय निकाय नभएको बेला पार्टीको काम संगै जिल्लाका विकास निर्माणका काम देखि लिएर योजनाका काममा समेत सक्रिय रहेर शाहले काम गरे । पार्टी संगठन निर्माण र जिल्लाको विकासका लागि पार्टी सशक्त भएर जानुपर्छ भनेर केन्द्रित भएर उनले सबै तहका नेता कार्यकर्तालाई अग्रसर गराँए ।

अछाम जिल्लामा जरा गाडेर बसेका सामाजिक कुरिती, छाउपडी प्रथा, छुवाछुतका बिरुद्धमा समेत उनले नेतृत्वदायी भुमिका गरे । हामीले अछामलाई खुल्ला दिशा मुक्त जिल्ला बनाउन समेत सक्रिय भएर काम गर्र्यौँ उनले भने गाँउ गाँउमा गएर पार्टीले यस बिषयमा अहम भुमिका निर्वाह गर्यो । राजनितिक अस्थिरता, माओवादी द्धन्द्धले धकेलिएको स्थितमा काम गर्न अप्ठेरा हुदाँका बाबजुत पनि शाहले नेतृत्व गर्दै पार्टीका गतिविधीलाई सक्रिय बनाए । माओवादीका कारण गाँउ गाँउमा भयाभव स्थिती भएका बेला त्यसलाई चिर्न शाह सफल भए ।

युवालाई हरेक क्षेत्र राजनिति, सामाजिक लगायतका क्षेत्रमा अघि बढाउन ल्याउन जरुरी रहेको बताउने नेता शाह युवालाई राजनिति संगै अन्य सामाजिक लगायतका क्षेत्रमा अघि बढाउन त्यसका लागि उनिहरुलाई नेतृत्व सम्म पुर्याउन सहयोग गर्नेमा प्रतिबद्द छन् ।

राजनिति भनेको नै समाजसेवा हो, समाजसेवाका लागि नै म यहि पेशामा क्रियाशिल भएर जीवन समर्पित गरेको छु, शाह भन्छन समग्र अछामको विकाश र अछामी जनताको मुहारमा खुशी ल्याउनु नै मेरो उम्मेदारी हो ।