मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. सन्तोष उपाध्याय महामन्त्रीको दौडमा

महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. सन्तोष उपाध्याय महामन्त्रीको दौडमा

- ‘पदभन्दा माथि विश्वास, कामबाट जवाफ’ : महामन्त्रीका उम्मेद्वार डा. सन्तोष उपाध्याय


अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. सन्तोष उपाध्यायले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै डा. उपाध्यायले आफूलाई प्राप्त विश्वासलाई व्यक्तिगत जितका रूपमा मात्र नहेरेको बताउनुभएको छ। उहाँले पछिल्लो समय युवापुस्ताले उठाउँदै आएका पुस्तान्तरण, सुशासन र नयाँ नेतृत्वका प्रश्नसँग आफ्नो राजनीतिक यात्रालाई जोड्नुभएको छ।

“यो मेरो नामको मात्र जित नभई यो मेरो पुस्ताप्रतिको विश्वासको जित हो,” उपाध्यायले भन्नुभएको छ।

उहाँले परिवर्तन सधैं ठूलो आवाजबाट मात्र नहुने उल्लेख गर्दै कहिलेकाहीँ एउटा मतबाट पनि परिवर्तनको सुरुवात हुने धारणा राख्नुभएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त जिम्मेवारीलाई आगामी राजनीतिक यात्राको सुरुवातका रूपमा लिँदै उपाध्यायले अब काममार्फत विश्वासको जवाफ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

महामन्त्रीमा उम्मेदवारी घोषणा

अछाम–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएसँगै डा. उपाध्यायले नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

चिकित्सक, सामाजिक अभियन्ता तथा युवा नेतृत्वका रूपमा परिचित उपाध्याय लामो समयदेखि नेपाल विद्यार्थी संघ तथा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै स्वास्थ्य, सामाजिक सेवा, सञ्चार र खेलकुद व्यवस्थापनका क्षेत्रमा समेत काम गर्नुभएको छ। Sudooraaja

‘पदभन्दा विश्वास ठूलो’

महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त जिम्मेवारीलाई पदभन्दा माथि राखेर काम गर्ने बताउँदै उपाध्यायले आफ्नो राजनीतिक यात्रालाई नयाँ पुस्ताको सहभागिता र नेतृत्वसँग जोड्नुभएको छ।

“आजको यो जित अन्तिम गन्तव्य होइन। अब आउने अर्को निर्वाचन र त्यसपछिका जिम्मेवारीले यो विश्वासलाई अझ ठूलो परीक्षामा लैजानेछन्। मलाई दिइएको यो विश्वासलाई पदभन्दा माथि राखेर, कामबाट जवाफ दिने प्रयास गर्नेछु,” उहाँले भन्नुभएको छ।

चिकित्सा तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका उपाध्यायले अछाममा स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवासँग सम्बन्धित विभिन्न गतिविधिमा समेत काम गर्दै छन् ।