मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका मन्त्री र सांसदलाई एसएमएस : कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्‍यो

सुदूरपश्चिमका मन्त्री र सांसदलाई एसएमएस : कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्‍यो


सुदूरपश्चिमका मन्त्री र सांसदलाई दबाब दिन एसएमएस अभियान थालिएको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) का सम्भावित विरामीको नमूना परिक्षणका लागि प्रदेशमै कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्न माग गर्दै एसएमएस मार्फत दबाब दिन अभियान थालिएको हो।

सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भई काठमाडौँमा अध्ययन गर्दै आएका युवाहरुले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितका मन्त्री र सांसदलाई एसएमएस पठाउदै कोरोनाको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गर्न पनि माग गरेका छन्।

उनीहरुले उक्त एसएमएस सुदूरपश्चिमका प्रतिनिधिसभा सांसदलाई पनि पठाएका छन्। एसएमएसमा भनिएको छ, ‘हाम्रो सुदूरपश्चिममा कोरोना परिक्षण प्रयोगशाला र उपचारका लागि अस्पतालको व्यवस्थाका लागि पहल गर्नुपर्यो।’

अभियानका लागि गठन गरिएको सुदूरपश्चिम युवा समाजका हिरा धामीले प्रदेशमा कोरोना भाईरसको परिक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्ने बाध्यता कायमै रहेकाले प्रदेशमै स्थापनाका लागि दबाब दिन एसएमएस अभियान थालिएको बताए।

अहिले सुदूरपश्चिमबाट कोरोनाका सम्भावित बिरामीको नमूना संकलनका लागि काठमाडौँ पठाउने गरिएको छ। शनिबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले धनगढीको सेती प्रादेशिक अस्पताल सहित जिल्ला अस्पताल डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने  निर्णय गरेको छ। – dineshkhabar