मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिवन भन्दा प्रिय अरु हुदैँन : नेकपा अछाम अध्यक्ष कुवर

जिवन भन्दा प्रिय अरु हुदैँन : नेकपा अछाम अध्यक्ष कुवर

लकडाउनको सबैले पालना गरौँ


कमल रावल, चैत २० अछाम

राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टि अछामका अध्यक्ष शेर बहादुर कुवरले जिवन भन्दा पैसा प्रिय नभएकाले हरेक नेपालीले लकडाउनको यतिबेला पुर्ण रुपमा पालना गर्नुपर्ने बताउनु भएको छ ।

आमा बुवा, दाजुभाई, दिदिबहीनी, ईष्टमित्र, सहकर्मि जस्तो प्रिय रोग नभएकाले अहीले सरकारले गरेको लकडाउन पुर्णरुपमा कार्यान्वयन गर्नु नै उत्तम हुने बताउनु भएको छ ।

संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष कुवरले कोरोनाभाईरसको संक्रमण कम गर्नका लागि संसार भरका देशले लकडाउन गरेकाले सबैले सुरक्षित क्वारेन्टाईनमा बस्नुुको विकल्प नरहेको बताउनु भएको छ ।

ब्यक्ति ब्यक्तिको सम्पर्कले यो रोग सर्ने भएकाले केन्द्र, प्रदेश, स्थानिय सरकार सहीत राजनितिक दलले घरमै बस्न गरेको आह्वानलाई पालना गरि यतिबेला घरमै बसि समय सदुपयोग गर्नुपर्ने बताउनुभयो । समय जिवनको महत्वपुर्ण चक्र भएको बताउदै रोगले कसैलाई नचिन्ने भएकाले सजग रही बच्न सबैलाई उहाँले आग्रह गर्नु भयो ।

आफुले आफ्नो मातहतका जिल्ला कमिटी, क्षेत्रिय, नगर, गाउ र वडा कमिटीलाई यतिबेलाको समयमा हरेक जनतालाई सुरक्षित घरमा बस्न आग्रह गरिरहेकाले यसको पालना गरि आफना नेता कार्यकर्तालाई स्थानिय तहले गरेको अभियानलाई साथ दिदै साबुुन, मास्क वितरण लगाएतका अभियानमा साथ दिन समेत आग्रह गर्नु भएको छ ।