मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिम्रो शहर जस्तो गाउँमा Lock-down कहाँ छ र ?

तिम्रो शहर जस्तो गाउँमा Lock-down कहाँ छ र ?


पार्बती बिष्ट

गाई भैसीलाई घाँस हाल्नै पर्यो, घास काट्न खेतबारी, वनपातधाउनै पर्यो, हिउँद सकिएर बर्खा लाग्दै छ कामको चटारो छ, बारीमा गहु,केराउ,जा मसुरो तोरी पाक्न लागेका छन !

चैतमो बेला हुरी- बतास र असिना कुन बेला अाउला र पाक्नै लागेको अन्नबाली चुटला भन्ने पिर भै हाल्छ,त्यो अन्नबाली थन्क्याउन काम तिर लाग्नै पर्यो। हिजो एउटा कार्यक्रम मा सुनेकी थिए Lockdown भएको बेला खाएको खाना कसरी पचाउँने रे ? अरे हजुर यहाँ गाउँमा कामले कुन बेला खाना खाने भन्ने समय छैन पचाउँन त छुट्टै कुरा !

अब भन्नू होला यस्तो महमारीको बेला के काम गरि रहेको त बस्नुस न घर मै उसैपनि सरकारले राहत दिने भनेकै त छ नि! साथी तिमी भुकम्प पिडीत हाै , त्यो बेला सरकारले दिएको राहत देखेको छाैर कस्लाई कति दिन्छ अनि कस्ले कति लिन्छन पनि देखेकै छाै!

अहिले खेतबारीमा काम नगरे अाउँने दिनमा भोकमरीले मरिन्छ, अर्को वर्ष छर्ने बीउ पनि पाइदैन, अहिले खेतबारीमा काम गराै कोरोनाले मरिन्छ! किसान दुख गर्नै जन्मेका हुन यसो गरे नि सुख छैन उसो गरे नि सुख छैन! तिम्रो शहर तिर ताजा तरकारी र गाई भैसीको दुध त अाई रहेको होला नि हैन? खेतमा अालु खन्ने बेला भा छ, टर्नेलका गोलभेडा, टमाटर टिप्ने बेला भा छ, हिउदे बाली भित्राई बर्खे बाली छर्ने बेला भा छ, सरकारले हेर्ला नि भनेर बस्यो भने, तिम्रो भुकम्प अाएको बेला जस्तो ताल हुन्छ ।

न त घरबास न राहतको अाश किसानलाई कोरोनाको भन्दा अाकाश बाट बर्सिने अशिना पानीको डर छ। कोरोनाले उसको एउटा परिवार मार्ला , तर उस्ले सयाैँ परिवारलाई बचाउँन लगाएको बाली एकै पटक मारि दिन्छ। त्यसैले किसानका घरमा Lock-down छैन !

पार्बती बिष्ट ( प्राप्ति ) मंगलसेन नगरपालिका ३ ( बिसाकोट )