मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालका लागि सातौँ दिनमा १ लाख २० हजार बढी सहयोग गर्ने घोषणा

बयालपाटा अस्पतालका लागि सातौँ दिनमा १ लाख २० हजार बढी सहयोग गर्ने घोषणा


कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट बयालपाटा अस्पताललाई सहयोगको अभियान सुरु गरिएको छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

जस अन्र्तगत आज सातौँ दिन खप्तड फर्निचर उद्योग साँफेबगरका टेकबहादुर कुवँरबाट १५ हजार, सुर्य चन्द्र उमावी कालिमाटीका प्रधानाध्यापक देबेन्द्र बहादुर शाहबाट १० हजार १ सय, महेन्द्र माबीका शिक्षक पूर्ण रावलबाट ५ हजार ५ सय ५५, नेपाल जनसम्र्पक समिती पश्चिम हैदराबाद भारतका महासचिव देबेन्द्र बोगटीबाट ५ हजार ६ सय, सानपा ३ का प्रकाश कुवँरबाट ५ हजार एकसय २० सहयोग गर्ने घोषणा भएको छ ।

यसअघि अछामी यूवा सोसाईटी दुबईद्धारा संयुक्त रुपमा ५१ हजार सहयोग गर्ने घोषणा गरेका थिए भने साँफेबगर नगरपालिका वडा नं ८ निवासी जर्ज कडायतले आफ्नो जन्म दिनको अवसरमा बयालपाटा अस्पताललाई २८ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

सातौँ दिनमा सबै गरेर १ लाख २० हजार ३ सय ७५ बराबर सहयोग गर्ने घोषणा भएको अभियानता कृष्ण कुवँरले बताउनु भयो ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।