मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको संक्रमण फैलिएमा समाहल्नै नसकिने खतरा आउन सक्छ : सभापति स्वाँर ।

कोरोनाको संक्रमण फैलिएमा समाहल्नै नसकिने खतरा आउन सक्छ : सभापति स्वाँर ।


पूर्ण बहादुर खड्का, १ बैशाख अछाम

भरत कुमार स्वाँर
सभापति, नेपाली कांग्रेस अछाम ।

नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले नयाँ बर्ष २०७७ को अवसरमा समस्त जिल्लाबासी तथा देशबासीमा सुख, शान्ति र समृद्धीको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
देशमा कोरोना भाईरसले गर्दा कठिन परिस्थिती सृजना भएको भन्दै यो बेला सबै नागरिक सजग हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सरकारले जारी गरेको लकडाउनलाईको अक्षरस पालना गर्दै सरसफाईमा ध्यान दिएर सुरक्षित घरमै बस्नुपर्ने धारणा राख्नु भएको ।

कोरोनाको संक्रमण फैलिएमा सबैलाई खतरा हुने र समाहल्नै नसकिने अवस्था आउने भन्दै सभापति स्वाँरले जोखिम बाट आफु पनि बचौँ र अरुलाई बचाउ भन्ने सन्देश फैलाउन आवश्यक रहेको औल्याउनु भयो ।

नयाँ बर्षमा मनाईने बिसु तिहार, मेला जात्रा लगायतका पर्व यो पटकलाई थाँती राखेर सबै नागरिक कोरोनाका बिरुद्ध एकजुट भएर लाग्नु पर्ने उहाँको भनाई छ ।