मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुमिहिन दलित समुदायलाई राहत दिनुपर्छ :आउजी

भुमिहिन दलित समुदायलाई राहत दिनुपर्छ :आउजी

सुदूर आज

कमल रावल,

अछाम दलित अगुवा राम बहादुर आउजीले भुमिहिन दलित समुदायलाई राहत उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।

कारोना भाईरसको संक्रमणका कारण बन्दाबन्दीको समयमा आफनो जग्गा नै भएका दलित समुदायका नागरिक मारमा परेकाले स्थानिय सरकारले राहत स्वरुत खाद्यान्न सामाग्री वितरणमा जोड् दिनु पर्ने बताउनु भयो ।

दलित समुदायका अँधिकाश ब्यक्ति भारतमा हुने भएकाले यतिबेला उनिहरुका घरपरिवारलाई के खाने भन्ने समस्या परेकाले राहत उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

बन्दाबन्दीका बेला एटिएम, बैँक लगाएत समेत आँशिक रुपमा खुल्ला हुने भएकाले आर्थिक भारको समस्यालाई समेत मध्येनजर गर्न आग्रह गर्नु भएको थियो । कोरोना भाईरसको जोखिमबाट बचौँ कार्यक्रममा बोल्दै मापदण्ड भित्र चौरपाटि गाउपालिकामा कोहि पनि नागरिक राहतका लागि पर्दैन भन्नु भन्दापनि जसरी अछामका ९ स्थानिय तहले राहत वितरण गरयो आगामि दिनमा त्यही अनुसार राहत वितरण गरिनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टि नेकपा अछामका सचिवालय सदस्य तथा चौरपाटि गाउपालिका पार्टि संगठन सह ईन्चार्ज समेत रहेका अगुवा आउजीले यसपछिको दिनमा पर्ने समस्यालाई ब्यबास्थापन गर्न स्थानिय सरकारले बिशेष प्याकेज ल्याउन सुझाब दिनु भयो ।

आगामि दिनमा कृषि क्षेत्रलाई प्राथमिकता दिदै उत्पादनमा तिर जोड दिनुपर्ने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टिबाट निर्वाचित जनप्रतिनीधीले जनताको माझमा गरेका प्रतिबद्धता अनुसार काम गर्नुपर्ने बताउनु भयो ।

नेपालमा ३ तह अनुसार सरकार भएकाले स्थानिय सरकारले आफ्नो अधिकारलाई भरपुर रुपमा सदुपयोग गर्नु पर्ने बताउनु भयो ।