मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा एक सुत्केरीलाई कोरोना पुष्टि

डडेल्धुरामा एक सुत्केरीलाई कोरोना पुष्टि


डडेल्धुरा: 

जिल्लामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। अस्पतालका निमित्त मेसु डाक्टर जगदिस विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि गरे। 

जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सेवा लिन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो।

२३ गते सुरक्षीत तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपाेर्ट पोजेटिभ आएको छ। 

कोरोना रिपाेर्ट आइसकेपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिए।