मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिलाई पनि देखियो कोरोना

जनप्रतिनिधिलाई पनि देखियो कोरोना


धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलोपटक जनप्रतिनिधिलाई पनि कोरोना पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकामा आज एक जनामा कोरोना पुष्टि भएकोमा उनी जनप्रतिनिधि रहेको खुलेको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा गोदावरी नगरपालिकाका ४१  वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो। आरडिटी पोजेटिभ देखिएपछि उनलाई छुट्टै राखिएको थियो। यसअघि सुदूरपश्चिममा एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको दिनेश खबरमा समाचार छ।