मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटिमा क्वारेन्टाईन स्थलको अनुगमन

चौरपाटिमा क्वारेन्टाईन स्थलको अनुगमन


अछाम / चौरपाटी गाउपालिकाले गाउपालिकाका ७ वटै वडाका विद्यालयमा रहेका क्वारेन्टाईन स्थलको बारेमा जानकारी लिएको छ ।

गाउपालिकाको राजनितिक दल सहीतको कार्यापालिका बैठकले अहीलेसम्म क्वारेन्टाईनमा बसेकाको तथ्याक र राजिनितिक दलका प्रतिनीधीको सुझाव लिएको हो । अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा बिदयालयमा निर्माण गरेका क्वारेन्टाईन मापदण्ड अनुसार नभएकोले हुलका हुल बिदयालयमा राखेका ब्याक्तिलाई संक्रमणबाट जोगाउनका लागि हरेक ब्याक्तिले सामाजिक दुरि कायम गर्नुपर्ने वडा अध्यक्षले बताएका थिए ।

अहिलेसम्म चौरपाटी गाउँ पालिकामा ९ सय ३७ जना देशका विभिन्न जिल्ला र भारतबाट गाउँ फर्केका छन । वडा नम्बर १ सिउडिमा १ सय ७३, जना वडा नम्बर २ सोकटमा १ सय १८ जना, वडा नम्बर ३ सोकट गगुडामा ७१ जना, वडा नम्बर ४ पायलमा २ सय ६७ जना, वडा नम्बर ५ लुग्रामा १ सय २६ जना, वडा नम्बर ६ दुनिमा ९७ जना, वडा नम्बर ७ मार्कुमा ८५ जना रहेका सिउडी र चौखुट्टे प्रहरी चौकिका इन्चार्जले बैठकमा जानकारी गराएका थिए ।

सामुदायिक भवन र बिदयालयको भौतिक संरचनाको अभावले अब थप ब्यक्तिलाई क्वारेन्टाइनमा राखेर ब्यबस्थापन गर्न नसकिने वडा अध्यक्षले बताउदै बैकल्पिक ब्यबस्थाका लागि सोच्नु पर्ने बताएका छन । बैठकमा बोल्दै अध्यक्ष हर्कबहादुर साउदले कोरोनाभाईरस कोभिड १९ को रोकथामका बारेमा गाउँपालिकाले गरेको कामको जानकारी गराउदै उच्च मनोबलका साथ काम गर्न सबैलाई अनुरोध गर्नु भयो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सदस्य एंब चौरपाटी गाउँ पालिकाका इन्चार्ज राम बहादुर थापाले सबै नागरिकले सामाजिक दुरि कायम गर्दै होम क्वारेन्टाइनमा बाहिरबाट आएका ब्याक्तिलाइ राखेर स्वयंसेवक परिचालन गर्दा अझै प्रभावकारी रहने बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सदस्य एंब सह इन्चार्ज राम बहादुर आउजिले तत्काल संक्रमितलाई सुरक्षित राख्नका लागि तुरुन्तै आइसोलेशन निर्माण गर्न आग्रह गर्नु भयो ।