मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सुरक्षाकर्मी सहित कर्णालीमा संक्रमितको संख्या ९८

एक सुरक्षाकर्मी सहित कर्णालीमा संक्रमितको संख्या ९८


सुर्खेत- कर्णालीमा १ सुरक्षाकर्मीसहित शनिबार ९८ जना कोरोना संक्रमित थपिएका छन्। याेसहित कर्णालीमा काेराेना संक्रमितकाे संख्या ५८७ पुगेकाे छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा ४, दैलेखमा ४६, सल्यानमा ३८ र सुर्खेतमा ९ जनामा संक्रमण भएको हो। डाेल्पाका १ संक्रमितकाे भने मृत्यु भएकाे छ। 

जाजरकोटमा इलाका प्रहरी कार्यालय बारेकोटमा खटिएका ५२ वर्षीय सुरक्षाकर्मी र बारेकोट गाउँपालिका-१ का ३ जना कोरोना संक्रमित भएका छन्। दैलेखको महावु गाउँपालिकामा एकै दिन ४३ जना संक्रमित थपिएका छन्। काेराेना संक्रमित हुनेमा महावु वडा नं. १ का ३३ जना, वडा नं. ३ का १ जना र वडा नं. ४ का ३ जना छन्।

यस्तै साेही गाउँपालिका वडा नं. ५ का १ जना, ६ का २ जना, वडा नखुलेका ३ जना छन्। दुल्लु नगरपालिका-१० का १ जना र वडा नं. ११ का २ जना संक्रमित छन्। सुर्खेतका ९ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का १ जना, भेरीगंगा नगरपालिका वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ९ का २ जना, गुर्भाकोट नगरपालिका वडा नं. १२ का १ जना र पञ्चपुरी नगरपालिका वडा नं. ९ का ३ जना छन्।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. १ मा ३ जना, वडा नं. २ मा २ जना, वडा नं. ३ मा ११ जना, वडा नं. ४ मा ६ जना, वडा नं. ५ मा ३ जना, वडा नं. ६ मा १० जना र वडा नं. ७ मा ३ जना कोरोना संक्रमण पुष्टि भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि गरेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।