मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीको क्वारेन्टिनमा एकको मृत्यु

बैतडीको क्वारेन्टिनमा एकको मृत्यु


बैतडी – भारतबाट फर्किएका एक जनाको बैतडीको क्वारेन्टिनमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नम्बर ६ कै भारतबाट आजै आएका ३१ बर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। 

साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जानकारी दिएको छ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी ल्याइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए। ज्यान गुमाएका पुरुष  शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए।

उनीसंगै बेंगलोरबाट थप १३ जना पनि आज बिहानै पाटन पुगेका छन्। उनीहरुलाई पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा राखिएको दिनेश खबरमा समचार छ।