मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकामा ६ सय ८७ जना भित्रिए

मंगलसेन नगरपालिकामा ६ सय ८७ जना भित्रिए


सरिता खड्का, अछाम ।

जिल्लाको मंगलसेन नगरपालिकामा ६ सय ८७ जना नागरिक बाहिरबाट नगर भित्रिएका छन् । जेठ २५ गते सम्मको तथ्यांक अनुसार नगरपालिकामा १०३ जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

उनिहरुलाई सम्बन्धीत वडाका क्वारेण्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ । जिल्लाको सदरमुकाम समेत रहेको नगरमा ३३ वटा क्वारेण्टाईन २ हजार ८८ बेड क्षमता रहेको नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले जानकारी दिए ।

नगर भित्रिएका मध्ये ५१ जना होम क्वारेन्टाइन बसिरहेका छन् भने १२ जनाको रिपोर्ट नेगेटीभ आएपछि उनिहरुलाई घर फकाईएको नगर प्रमुख बोहराले बताए ।

बाँकी रहेका अन्यको पनि परिक्षणको काम निरन्तर भईरहने उनको भनाई छ ।