मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा १९ लाख बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण

डोटीमा १९ लाख बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण


प्रकाश बम , डोटी

बिश्व कोरोना भाइरस( कोभिड -१९) का कारण आक्रान्त बनेको बेला समाज सेवी भक्तराज जोशी खाद्यान्न, स्वास्थ्य सामग्री सहित डोटी पुगेका छन् । मानवीय सेवा समर्पित जोशीले विभिन्न समयमा सामाजीक कार्यमा सहयोग गर्दै आएका छन् ।

डोटी स्थायी घर भै कैलाली बस्दै आएका जोशी लकडाउनमा भारतबाट आउने नेपालीको उद्धार देखि क्वारेण्टाइनमा चाहिने वेड विस्तारा, खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री लगायतको जोह गरि वितरण गर्न व्यस्त छन् ।

आइतबार समाजसेवी जोशीले मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था अन्तर्गत १० वडा जिल्लामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत डोटीका तीन वटा स्थानिय तहहरुलाई खाद्यान्न र जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

जोशीले यस अघि पनि सायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्विचौकी गाउँपालिका र जिल्ला अस्पताललाई सहयोग गरि सकेका छन् । यस पटक जोशीले सायल गाउँपालिका, आदर्श गाउँपालिका, पुर्विचौकी गाउँपालिका र जिल्ला अस्पताललाई सहयोग गरेका छन् ।

उनले सायल गाउँपालिका र आदर्श गाउँपालिकालाई आइतबार ३०/३० क्वीन्टल मध्यम मसिनो चामल, ३/३ क्वीन्टल मुसुरोको दाल र ३/३ क्वीन्टल आलुका दरले हस्तान्तरण गरेका हुन् । खाद्यान्न सामग्री आदर्श गाउँपालिका अध्यक्ष टेक रोकाय र सायल गाउँपालकाकि उपाध्यक्ष बिस्ना सिंह लाइ हस्तान्तरण गरेका हुन् ।

त्यस्तै पूर्विचौकी गाउँपालिकालाई ४० क्वीन्टल मध्यम मसिनो चामल, ३क्वीन्टल ९० किलो मुसुरोको दाल र ४ क्वीन्टल आलु वितरण गरेका छन् । उक्त खाद्यान्न सामग्री पुर्वीचौकी गाउँपालीकाका अध्यक्ष दिर्घराज वोगटीलाई हस्तान्तरण गरेको अध्यक्ष जोशीले बताए । यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएकाे खाद्यान्न सामग्रीले आफुहरुलाइ ठुलो सहयोग पुग्ने पुर्वीचौकी गाउँपालीकाका अध्यक्ष दिर्घराज वोगटीले बताए ।

खाद्यान्न सामग्री क्वारेण्टाइनमा बसेकाहरुका लागि वितरण गरिएको जोशीले बताए । जोशीले आफुले दिएको ब्राण्डको खाद्यान्न क्वारेण्टाइनमा बसेकालाई दिन स्थानिय सरकारलाई अनुरोध गरेका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै नेपाली काङ्ग्रेस डोटीका नेता राप्रसाद उपाध्यायले सहयोग स्वरुप उपलब्ध भएको खाद्यान्न सामग्रीको सहि सदुपयोग हुनु पर्नेमा जोड दिए।

त्यस्तै जिल्ला अस्पताल डोटीलाई केयर एण्ड रिलिफ परियोजाको स्वास्थ्य तथा सरसफाई कार्यक्रम अन्तरगत अस्पतालका कोरोना बिरामीकालागि म्याट्रेस बेडिङ्ग फोम २५ थान, बल्याङ्केट २५ थान, तकिया २५ थान, तन्ना २५ थान र दुई हजार थान सर्जिकल मास्क जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जोती पाण्डे लाइ जोशीले हस्तान्तरण गरेका हुन् । सामग्री वुझ्दै सुपरिटेन्डेन्ट पाण्डेले यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएकाे स्वास्थ सामग्रीले अस्पताललाइ ठुलो सहयोग पुग्ने बताए ।

सामाग्री उपलब्ध हुदा काम गर्ने स्वास्थ्य कर्मीको मनोवल वढ्नुका साथै काम गर्न सहज हुने उनले वताइन । अस्पतसलमा अहिले १० वटा मात्र आइसोलेसन वेड रहेका छन् । यो सामग्री उपलब्ध पश्चात थप आइसोलेसन वेड बनाइने वताए ।जोशीले डोटीका पत्रकारहरुलाई फोटो पत्रकार महास犀利士 ंघ डोटी शाखा मार्फत स्वास्थ्य सामग्री सहयोग गरेका थिए । जोशिले यसअघि पनि कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि डोटीमा स्वास्थ्य सामग्री, क्वारेण्टाइनका लागि सामग्री, विपन्नका लागि राहतको व्यवस्था गरेका थिए । डोटी लगायत अन्य जिल्लाहरुमा समेत उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् । आइतबार १८ लाख ८४ हजार आठ सय चौध रुपैयाँ बराबरको खाध्यान्न तथा स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष जोशीले बताए ।